एमाओवादी जिम्मेवार बन्नुपर्छ भनेर चौतर्फी सुझाव आएको छ

dharmaधर्म रोकाय संगको कुराकानी  वि..स.ं २०२८ सालमा बाजुराको कोल्टी भन्ने स्थानमा बुबा कालु रोकाया र आमा जयकला रोकायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका धर्म रोकाया हाल गैर सरकारी सस्था महासंघका मध्यपश्चिम क्षेत्रिय अध्यक्ष भई काम गर्दै आउनु भएको   छ । ६५ औ अन्तराष्ट्रिय मानब अधिकार दिवसको अवसरमा दैलेख आएको अवसर पारेर धमाका दैनिकका कार्यकारी सम्पादक कबिराज बिसीले गर्नु भएको कुराकानी ।
    समग्रमा मध्यपश्चिमको मानब अधिकारको अवस्था कस्तो छ ?
मध्यपश्चि भरी मानब अधिकारको अबस्था बिगतका बर्ष भन्दा अलि केही सुधार भएपनि आझ पनि मध्यपश्चिमका जनताले मानब अधिकारको रक्षाका लागी हुनु पर्ने जुन कराहरु हुन त्यो पाउन सकेका छैनन् ।
प्रथमत मानव अधिकारका बारेमा बुझ्न   जरुरी छ ।
मानब अधिकार भनेको सभ्यताको उत्कृष्ट  उपहार  हो । जती जती सभ्यता   परिस्किृत हुँदै  गएको छ, त्यति  मानब अधिकारको संरक्षण र सम्र्बधन उच्च प्राथमिकता  बन्नु पर्ने मान्यता पनि स्थापित हुँदै  गएको छ  । मानब अधिकार भनेको ति अधिकारहरु हुन जुन हरेक ब्यक्तिले उपभोग गर्ने अधिकार छ र त्यस्ता अधिकारहरु सदा संरक्षित गरिनु पर्दछ । अर्थात मानब अधिकार भनेको सबै  मानबको नैसर्गिक अधिकार     हो । यो अधिकार राष्ट्रियता, लिङ, राष्ट्रिय वा जातिय उत्पती, रङ, धर्म भाषा वा अन्य कुनै  स्तरको भेदभाव बिना सबैलाई  उपभोग को अधिकार छ । यसैगरी मानब अधिकारलाई सर्बव्यापी  मानिएको छ । यसकारण कि मानब अधिकार भनेको कुनै  खास समुह, नागरिक माथि मात्र लक्षित नभएर सबै ब्यक्तीहरुका लागि हो । संसारका सबै  मान्छे हरुकोलागि हो ।
मानवअधिकारको अवस्था मध्यपश्चिमभरी दयनीय देखिएको छ । मानीसहरुले आफ्नो अधिकारको रक्षाका लागि वेला वेला चर्को वहस र पैरवी गरिरहेको भएपनि त्यसले अँझै मुर्त रुपमा लिन सकीरहेको छैन् । विगतदेखी हालसम्म अधिकाँँस मानिसहरु दण्डहिनताको शिकार भएर बाँच्न बाध्य भएका छन् । यसका लागि सरकारले स्पष्ट कानुनी व्यवस्था र त्यसको कार्यान्वयनलाई कडाईका साथ लिनुपर्ने देखिएको छ ।
१६ दिने महिला हिंसाको अभियान सम्पन्न भयो ? तपाँई अधिकार वादी भएकोले के गर्दा महिला हिंसा   घट्ला ?
महिला हिंसा वास्तवमा भन्ने हो भने सवै नागरिकको घरभित्रको व्यवहारले स्पष्ट पारेको छ । विगतका दिनहरुमा घरभित्रैका ठूला मानिसहरु हुन वा अन्य वाह्य मानिसहरु सामाजिक, राजनीतिक, धार्मिक र साँस्कृतिक रुपमा कही न कहीवाट महिला हिंसामा       परेका देखिन्छन् । यसको विस्तारै अन्त्य हुँदै गएको छ । गाउँ गाउँमा जगाईएका जनचेतनाका विभिन्न उपायहरुले यसको न्यूनिकरणमा सहजता पुगेको देखिएको छ भने अर्कोतर्फ जिल्ला प्रहरी कार्यालय सम्म घटनाहरु आउन थालेका छन् । अव हरेक घटनामा संलग्नलाई कानुनी कार्वाही गर्न सकेमा यसको न्यूनिकरण हुने देखिन्छ ।
जनताले नयाँ म्यान्डेट दिएका छन् । एमाओवादी बखेडा गर्दैछन् ? अधिकारकर्मीहरु जनताको मतको कदर गर्नुपर्छ भन्छन् तपाँईलाई के लाग्छ ।
नेपाली जनताहरु विगतदेखी विभिन्न खाले द्धन्द्ध, अराजकताबाट गुज्रीरहेका छन् । विगतमा भएको दशबर्षे द्धन्द्धपश्चात आएको शान्तिलाई स्थायी शान्तिका रुपमा जनताहरुले स्वीकार गरेको भएपनि ठूला दलहरुको सत्ताको तानाखिचीले गर्दा मुलुकले दोस्रो संविधान सभाको चुनाव गर्नुपर्र्यो अहिले पनि चुनाव परिणाम सँगै कसैले बहिष्कार भन्न थालेका छन् त कसैले जनताले दिएको म्याण्डेड नमान्ने घोषणा गरेका छन् । यसले पक्कै पनि अँझै जनताको ईच्छा र चाहनामा कुठाराघात हुने पक्का भएको छ ।
विशेष गरेर एमाओवादीले जनताले अहिलेको निर्वाचनमा दिएको परिणामलाई सहर्ष स्वीकार गर्नुपर्ने देखिएको छ किनकी यसअघि २०६४ सालमा समेत काँग्रेस एमालेले जनताले दिएको अधिकारलाई सहर्ष स्वीकार गरेका थिए ।
एमाओवादी जिम्मेवार बन्नुपर्छ भनेर अहिले चौतर्फी अधिकारकर्मीहरुले पनि सुझाव दिएका छन् । जनताको मतको कदर गरेर जनताको लागि संविधान निर्माणमा एमाओवादीले अग्रसरता देखाउनुपर्ने देखिएको छ । जनताले स्पष्ट पारिसकेका छन् कि जनता आत्मनिर्णय सहितको संघियता लगाएतका विभिन्न माओवादीले उठाएका कुराहरुको पक्षमा छैनन् ।
अँझै पनि जनताहरुलाई विगतको झै जवरजस्ती गर्ने प्रवृर्ती एमाओवादीले छोड्न सकेन भने यसले अँझै माओवादीलाई नै घाटा   पुर्याउने देखिएको छ ।
अन्त्यमा के भन्नु हुन्छ ?
दैलेखमा आएको अवसर पारेर धमाका दैनिक पत्रिकाले राष्ट्रिय राजनीति र मानव अधिकारका बहसका बारेमा जनताहरुलाई जानकारी गराउने निकै महत्वपुर्ण अवसर प्रदान    गरेकोमा म धमाका दैनिक पत्रिकालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु र अन्त्यमा अधिकार खोसेर लिनुपर्छ मागेर पाउने कुरा होईन यो कुरालाई सवैले आत्मसाथ गरौं र हरेक किसिमका हिंसाको अन्त्यका लागि सर्वप्रथम अन्त्यको सुरुवात हरकले आफ्नो  घर परिवारबाटै सुरु गरौं अवश्य हिंसा न्यूनिकरण हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार